झापा: झापा कनकाई नगरपालिका ४ स्थित पुर्व-पश्चिम राजमार्गमा ट्रकले कार र मोटरसाईकललाई ठक्कर दिदा २ जनाको मृत्यु र ४ जना घाईते भएका छन् ।

बुधबार दिउँसो साढे ३ बजे को १ ख १६८४ नम्बरको ट्रकले ओभरटेक गर्ने क्रममा बिपरीत दिशाबाट आउदै गरेको प्र १-०१-००१ च ०१६७ नम्बरको कार र प्र१-०१-०१३ प १७८३ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो । कारमा सवार सुनसरी धरान-१६ का २८ बर्षीय चालक दिपक क्षेत्री र सोलु पासाङ-१ का ३० बर्षीय दिलिप राना मगर गम्भिर घाईते भई बि एण्ड सि अस्पतालमा उपचारको क्रममा ५ बजे मृत्यु भएको छ ।

कारमा सवार दिलिप राना मगरको श्रीमती ३० बर्षीय अन्जु मगर, सोही स्थानका ३० बर्षीय सुरेश मगर र मोटरसाईकलमा सवार झापा शिवसताक्षी २ का ३९ बर्षीय ज्ञान बहादुर कसाई र मोटरसाईकल पछाडी सवार उनको श्रीमती ३० बर्षीया सोनम श्रेष्ठ घाईते भएका छन् । घाईतेहरुको सोही अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ट्रक, ट्रक चालक मोरङ विराटनगर-१५ बस्ने प्रेम बहादुर वाईबा प्रहरीको नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।