धरान: धरान उपमहानगरपालिका वडा नम्बर १५ की पाठेघर क्यान्सर पीडित २५ बर्षीय मेनुका लिम्बुलाई उपचारको लागि सहयोग रकम हस्तान्तरण गरिएको छ ।

युनिक स्वयमसेवक नेपालले मेनुकाको उपचारका लागि ४ लाख २४ हजार ३ सय ४५ रुपैंया हस्तान्तरण गरेको हो । उक्त संस्थाले मेनुकाका बुबा नयन्द्र बहादुर लिम्बुलाई सहयोग रकम हस्तान्तण गरेको हो । धरान १५ स्थित संस्थाको केन्द्रिय कार्यालयमा क्यान्सर पीडितका बुबा लिम्बुलाई बिहिबार रकम हस्तन्तरण गरिएको हो । वडाका स्थानिय समाजसेवी तथा निवर्तमान भुपु टोल बिकास संस्थाका अध्यक्ष पुर्ण तामाङ, वर्तमान टोल बिकास सस्थाका अध्यक्ष तथा समाजसेवी राजकुमार खत्री, नवोदित युवा क्लबका अध्यक्ष स्मित कुमार खत्री, स्वयमसेवक उमा बस्नेत, युनिक स्वयमसेवक नेपाल संस्थाका सदस्य सम्झना विश्वकर्मा, सचिव सरोज कार्की, अध्यक्ष एजिला बस्नेत र सामाजिक अभियन्ता तथा सन्चारकर्मी पवन विकलगायतको बिशेष उपस्तिथिमा नगद हस्तान्तरण गरिएको थिडयो ।

कलिलो उमेरमै पाठेघरको क्यान्सर भएकी मेनुकाको ८ महिने दुधे बालक छन् । परिवारका अनुसार डाक्टरले उपचारमा ३५ लाख हाराहारी खर्च लाग्ने लाग्ने जानकारी दिएको छ । घरको आर्थिक स्थिति अत्यन्तै दयनीय छ । जसले गर्दा मेनुकको उपचारमा समस्या भइरहेको छ । परिवारले छोरीलाई बचाउन सहयोगका लागि आग्रहसमेत गरेको छ । क्यान्सर पीडित लिम्बु हाल ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत छिन् ।

सामाजिक अभियानकै क्रममा लिम्बुको स्वास्थ अवस्थाबारे स्थानीय नवोदित युवा क्लबमार्फत थाहा पाएपछि आफुहरुले सहयोग रकम जुटाउन देशको विभिन्न ठाउँमा क्यान्सर पीडित मेनुका लिम्बू बचाउ अभियान चलाएको युनिकका सचिव सरोज कार्कीले जानकारी दिए । अझै एक महिनासम्म यो अभियानलाई निरन्तरता दिने कार्कीले बताए ।