ताप्लेजुङ: ताप्लेजुङको मिक्वाखोला गाऊँपालिका–२ स्थित सानिमा हाईड्रोपावरको सुरुङमार्ग खन्ने क्रममा ढुंगा र माटोले पुरिएर २ जना मजदुरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भोजपुर ओख्रेसावुका २८ बर्षीय सन्तोष बाँनिया र उदयपुर पोखरी का २२ बर्षीय अम्बर बहादुर कामी रहेका छन् । आज दिउँसो ३ बजे काम गरिएको अबस्थामा माथीबाट ढुंगा र माटो खसेर उनीहरुलाई किचेको थियो । दुवैको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।