धरान: लियो क्लब अफ धरान बुढासुब्बाले शनिबार धरानको भानुचोकमा चिया बिक्री गरेर एक विरामीलाई आर्थिक सहयोग संकलन गरेको छ ।

निमोनिया साथै टिबी रोगबाट ग्रसित कानेपोखरीका भुपाल राईलाई सहयोग जुटाउन क्लबले चिया बिक्री कार्यक्रम आयोजना गरेको थियो । आर्थिक अवस्था कमजोर भएका राईलाई चिया बिक्री गरेर ७ सहजार ६ सय २० रुपैया संकलन गरिएको कार्यक्रम संयोजक लियो राज विश्वकर्माले जनकारी दिए । सोही समयमा बिरामीका आफन्त कपिल राईलाई रकम हस्तान्तरण गरिएको क्लव सचिव अंकित चापागाँईले जानकारी दिए ।

donation2

कार्यक्रमका प्रमुख अतिथी डाईबेटिज चिफ लायन टंक कुमारी गुरूङ एमजेएफले कसैलाई दुःखको समयमा टेवा पुग्ने कार्यक्रम लियोहरूले गरेकोमा बधाई दिइन् । साथै, उनले आउने दिनमा पनि यसरी नै सेवाका कार्यलाई अघि बढाउन आग्रह गरिन् । उनले व्यक्तिगत तर्फबाट ५ सय रूपैया आर्थिक सहयोग पनि गरिन् । हस्तानतरण कार्यक्रममा लायन जोन चियरपर्सन कविता लिम्बू एमजेएफ, लायन्स कल्व अफ धरान बुढासुब्बाका अध्यक्ष लायन मान भगत चाम्लिङ, प्रथम उपाध्यक्ष प्रेमराज शाक्य, लियोका जोन चियरपर्सन किसन रौनियार, लियो कल्वका सदस्य लगायतले आर्थिक सहयोग गरेका थिए ।donation3 donation donation1