सुनसरी: पुर्वपश्चिम लोकमार्गस्थित मोरङको सुन्दरहरैचा नगरपालिका ७ गोठगाउँमा विपरीत दिशामा आइरहेको हायस र मोटरसाइकल एकआपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

पुर्बबाट पश्चिमतर्फ आउदै गरेको प्रदेश २-०२-००१ प.३८७८ नम्बरको मोटरसाइकल र बिपरीत दिशाबाट जादै गरेको बा.४ ख.६९६ नम्बरको हायस मध्यराती १२ बजेर ४० मिनेटमा एकापसमा जुधेको थियो । उक्त दुर्घटनामा माटेरसाइकल चालक बेलबारी ११ का २१ बर्षीय अर्जुन न्यौपाने र पछाडि सवार २१ बर्षीय मनोज कटवालको उपचारको क्रममा कोशी अस्पताल विराटनगरमा मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ । दुवैको उपचारको क्रममा राती १ बजेर ५० मिनेटमा मृत्यु भएको थियो ।

गम्भीर घाइते भएका हायस चालक काठमाण्डौका २८ बर्षीय गणेश थापा, सहचालक बेलबारी निवासी १८ बर्षीय उत्सव गरी दुवैको बिराट नर्सिङ होममा उपचार भइरहेको छ । दुबै सवारी साधन इलाका प्रहरी कार्यालय बिराटचौकको नियन्त्रणमा रहेको छ । दुर्घटनाको कारण तीब्र गति रहेको प्रहरीको भनाई छ । साथै, हायस चालकको सवारी चालक अनुमति पत्र रहकेो तर मोटरसाइकल चालकको भने साथमा नभेटिएको ट्राफिक प्रहरीले जनाएको छ ।