विराटनगर: प्रहरीले हिजो शनिबार बिभिन्न स्थानबाट लागुऔषधसहित ५ जनालाई पक्राउ गरेको छ ।

झापाको बुद्धशान्ति ३ बाट स्थानीय २३ बर्षीय मुकुन्द राजबंशी ५ ग्राम ४१० मिलिग्राम र झापा भद्रपुर ८ सगरमाथा चौकबाट २४ बर्षीय दिनेश राजबंशी ६ ग्राम ५० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परेका छन् । पक्राउ परेका दुबै जना थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यसैगरी, उदयपुर त्रियुगा ६ लालपत्ताबाट लागुऔष सहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहा लहान ३ का २३ बर्षीय सुजित चौधरी, सप्तरी खडक १ का २२ बर्षीय महेश कुमार चौधरी र उदयपुर त्रियुगा ४ का १९ बर्षीय होमबहादुर मगर रहेका छन् । सुजित र महेशलाई लागुऔषध डाईजेपाम ३५ एम्पुल, लुपिजेसिक ३५ एम्पुल र फेनार्गन ३५ एम्पुलसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । होमबहादुरलाई लागुऔषध नाइट्राजिपाम ७५ ट्याव्लेटसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।