धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानस्थित कोभिड अस्पतालमा उपचारको क्रममा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ ।

धनकुटा ७ की ४० बर्षीय महिलाको उपचारको क्रममा आज बिहान मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलले जानकारी दिएका छन् । उनका अनुसार ती महिलाको बिहान ३ बजे कोभिड अस्पतालमा मृत्यु भएको थियो । डायबेटिजको विरामी रहेकी ती महिला फागुन ११ गते प्रतिष्ठानमा भर्ना भएकी थिइन् भने १३ गते उनलाई कोभिड पुष्टि भएको थियो । मृतकको शव नियम अनुसार व्यवस्थापन भइरहेको पनि प्रतिष्ठानले जनाएको छ ।