मोरङ: धरानका दुई युवासहित ३ जना गाँजासहित बिराटनगरमा पक्राउ परेका छन् ।

विराटनगर महानगरपालिका ५ बाट पक्राउ पर्नेहरुमा धरान उपमहानगरपालिका ११ सगरमाथा टोलका २५ बर्षीय दिपक राई र २७ बर्षीय राज राई छन् । यस्तै, सुनसरीको बर्जु गाँउपालिका १ का ३४ बर्षीय चौथानन्द राय पनि उनीहरुसँगै पक्राउ परेका छन् ।

को १ ह ६७४८ नम्बरको टेम्पोमा सवार रहेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरंङबाट खटिएको प्रहरी टोलीले हिजो शनिवार दिउँसो साँढे ३ बजे पक्राउ गरेको हो । टेम्पोको पछाडी सिटमुनी लुकाई राखेको अवस्थामा रहेको २ केजी गाँजा वरामद भएको थियो । गाँजासहित पक्राउ परेका उनीहरुबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।