सुनसरी; मोरङको बेलबारी नगरपालिका ७ का २४ बर्षीय आशिष मग्रातीको करेन्ट लागेर मृत्यु भएको छ ।

आईतबार राती ९ बजे दुहबी २ मा रहेको मैनावती स्टिल फ्याक्ट्रीमा ना ४ ख ५९३६ नम्बरको ट्रकमा सामान लोड गर्ने क्रममा सहचालक मग्रातीलाई करेन्ट लागेको थियो । ईलेक्ट्रिक क्रेनमा करेन्ट लागेर घाईते भएका मग्रातीको विराट अस्पताल विराटनगरमा उपचारको क्रममा राती पौने १० बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय दुहबी सुनसरीले जनाएको छ ।