मोरङ: प्रहरीले मोरङको सुन्दरहरैचा नगरपालिका १० बाट लागुऔषधसहित ५ जना पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय बिराटचौकबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार ३४ बर्षीय केशब तामाङको कोठाबाट डाईजोल्याप १० थान, लुपिजेसिक ७ थान, एभिल १३ थान र गाँजा २०० ग्राम फेला पारेको प्रहरीको भनाई छ ।

प्रहरीले तामाङको घरमा लागुऔषध बिक्रि बितरण तथा सेवन गर्ने गरेको गोप्य सुचनाको आधारमा निगरानी गरेर पक्राउ गरेको जनाएको छ । तामाङसहित सोही स्थानका २० बर्षीय एलिस खड्का, १९ बर्षीय सरन मगर, २० बर्षीय राजेश मंग्राती र १८ बर्षीय संजिब मगरलाई पनि पक्राउ गरेको प्रहरीको भनाई छ। उनीहरुलाई थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।