धरान: ज्यान मार्ने उद्योगमा फरार रहेका धरान १५ खोरिया बस्तीका विष्णु बेघा पक्राउ परेका छन् ।

जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएका बेघा घटना पछि फरार थिए । उनलाई प्रहरीले आइतबार पक्राउ गरेको थियो । पक्राउ परेका बेघालाई जिल्ला अदालतमा पेश गरिएको र उनी ३० हजार धरौटीमा छुटेको डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए ।

प्रहरीका अनुसार उनले कार्तिक २७ गते साढे ७ बजे धरान ८ मा २७ बर्षीय प्रकाश थापा मगरलाई आक्रमण गरेका थिए । बेघाले घरेलु हतियारले प्रकाशलाई प्रहार गरेको डिएसपी बस्नेतले जानकारी दिए । उक्त घटना पछि बेघा फरार भएका थिए ।