झापा: प्रहरीले झापाबाट अफिमसहित दुई जना भारतीय महिलालाई पक्राउ गरेको छ । 

मेचीनगर नगरपालिका ६ स्थित न्युन बिशाल होटलबाट आज बिहान ११ बजे लागुऔषध अफिमसहित २ जना भारतिय नागरिक(महिला) प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत मनिपुरकी ३० बर्षीया लक्ष्मी क्षेत्री र दार्जिलिङकी ३८ बर्षीया गायत्री देवी क्षेत्री रहेका छन् । लागुऔषध(अफिम)को कारोबार भईरहेको भन्ने गोप्य सुचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठामाण्डौं र ईलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

उक्त होटलको कोठा नं. १०५ बाट दुवैलाई पक्राउ गरेको झापा प्रहरीले जनाएको छ । प्लाष्टिकको जेब्रा झोलाभित्र दुई वटा पोका बनाई लुकाएर राखेको अवस्थामा २ किलो अफिम वरामद भएको ईलाका प्रहरी कार्यालय काकरभिट्टा झापाले जनाएको छ । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।