संखुवासभा: संखुवासभाको धर्मदेबी नगरपालिका ६ फाक्सीका ७ बर्षीय सिताराम बस्नेतको करेन्ट लागेर मृत्यु भएको छ ।
आज बिहान साढे १० बजे आफ्नो घर नजिकै खेल्ने क्रममा बिजुलीको पोलबाट करेन्ट लागेर उनको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।