धरान: धरान उपमहानगरपालिकाले चैत १ गते शेर्पा समुदायको पर्व ग्लाबो ल्होसारको सार्वजनिक विदा दिएको छ ।
आज (शुक्रबार) नगर प्रमुखस्तरीय निर्णय अनुसार शेर्पा समुदायले मनाउने ग्याल्पो ल्होसारको विदाई दिइएको उपमहानगरपालिकाले जनाएको छ । उक्त दिन अत्यावश्यक सेवाबाहेक उपमहानगरपालिका र मातहतका सबै कार्यालयहरु बन्द रहने सुचना उपमहानगरले जारी गरेको छ । साथै, नगर क्षेत्रका अन्य कार्यालय र शैक्षिक संस्थाहरुसमेत विदा गरिदिन पनि उपमहानगरले आग्रह गरेको छ ।