धरान: प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले शेर्पा समुदाय एकता र राष्ट्रिय स्वाभिमानका प्रतिक भएको बताएका छन् ।
शेर्पा जातिको चाड ग्याल्बो ल्होछारको अवसरमा शुभमाना व्यक्त गर्दै प्रदेश प्रमुख अधिकारीले यस्तो धारणा व्यक्त गरेका हुन् । उनले बहुलजाति, बहुलभाषा, बहुसँस्कृति, बहुधार्मिक बिशेषता भएको नेपालमा शेर्पा समुदाय एकता र राष्ट्रिय स्वाभिमानको प्रतिक भएको उल्लेख गरेका छन् । उनले ग्याल्बो ल्होछारले नेपाली समुदायमा धार्मिक, सांस्कृतिक सद्भाव कायम राख्दै भातृत्व एवम् आपसी सहिष्णुतालाई थप प्रगाढ तुल्याउने पनि बताएका छन् । साथै, मौलिक संस्कृति र परम्पराको संरक्षण, सम्र्वद्धन तथा विकास गर्ने विश्वास लिएको पनि शुभकामना सन्देशमा उल्लेख छ ।