भोजपुर: भोजपुरको रामप्रसादराई गाउँपालिका १ ओख्रेमा एक वृद्धाको धान कुट्ने मिलको फित्तामा सलल बेरिएर मृत्यु भएको छ ।

स्थानीय ७६ बर्षीया कुमारी बानियाले घाटीमा लगाएको सल धान कुट्ने मिलको फित्तामा बेरिएर मृत्यु भएको हो । हिजो शनिबार बेलुका ५ बजे स्थानीय योगेन्द्र राईको लाईनबाट चल्ने मिलमा धान कुटाउने क्रममा घाटीमा लगाएको सल मिलको फित्तामा बेरिएको थियो । वृद्धा घाईते भएपछि उपचारको लागि स्थानिय संगिता मेडिकल ओख्रेमा लगिएको थियो । उनको राती साढे ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।