धरान: धरानको भानुचोकस्थित तेह्रथुमे होटलबाट ब्राउन सुगर कारोबारी एक भारतीय दम्पत्ति पक्राउ परेका छन् ।

भारतको दार्जिलिङबाट, मिरिक ८ का विमल  घले र पुण्य तामाङ धरानबाट पक्राउ परेका हुन् । उनीहरुको साथबाट ६ ग्राम ब्राउन सुगर पनि वरामद भएको ईलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए । उनका अनुसार लागुऔषध बेचबिखन गर्न आएको भन्ने सुचनाको आधारमा दिउँसो २ बजेतिर होटलमा प्रहरीले छापा मारेको थियो ।

उनीहरु होटलको १०६ नम्बर कोठाबाट पक्राउ परेका हुन् । ‘बेचबिखन गर्न आएको भन्ने सुचना आएको थियो । दिउँसो २ बजेतिर हाम्रो टोली होटल गएर पक्राउ गरेको हो,’डिएसपी बस्नेतले भने,‘दार्जिलिङ मिरिक बस्ने रहेछन् । श्रीमान् श्रीमति भनेका छन्, बेच्नकै लागि धरान आएको हो ।’