इटहरी: कलेज प्रशासनविरुद्ध आन्दोलनमा उत्रिएका विद्यार्थीहरुले इटहरीको मुख्य चोकमा सडक अवरुद्ध पारेका छन् ।

निजी कलेजले कोरोना अवधिको पनि शुल्क असुल्न थालेपछि आन्दोलित बनेका विद्यार्थीहरुले इटहरीको चोकको चारै दिशाको सडक ठप्प बनाएका छन् । उनीहरुले पुर्वपश्चिम राजमार्ग र कोशी राजमार्गको धरान विराटनगर सडक खण्डमा सांलो बनाएर यातायात अवरुद्ध बनाएका छन् । विद्यार्थीहरुले गर्दा लामो दुरीका सवारी मात्र होइन, दुई चक्के सवारीलाई पनि जान दिएका छैनन् । 

itri-chok1

त्यसअघि, विद्यार्थीहरुले कलेजहरुबाट एकजुट हुदै र्याली निकालेका थिए । उनीहरुले इटहरी उपमहानगरपालिका अघि करिब आधा घण्टा धर्ना बसेका थिए । इटहरीको कोशी कलेज, कस्तुरी, बिश्व आदर्श, सुष्मा कलेजका विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन् ।