झापा: झापाका तीन छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउन सुगरसहित ६ जना पक्राउ परेका छन् ।
हिजो बिहिवार बेलुकी साँढे ५ बजे वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका ८ का १९ बर्षीय सरोज सुनुवार र १९ बर्षका अभिषेक राजवंशीलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट २.४३ ग्राम ब्राउनसुगर सहित डाँगीवारीबाट प्रहरीले पक्राउ गरेको हो । यसैगरी, ईलाका प्रहरी कार्यालय अनारमनीको टोलीले भद्रपुर नगरपालिका ९ का १९ बर्षीय पवन भनिने साईल खानलाई ५ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ। खानलाई अर्जुनधारा नगरपालिका ११ बसपार्कबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यस्तै, लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका १३ बाट बिहिवार साँझ ७ बजे ३ जनालाई ब्राउसुगर सहित पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मेचीनगर नगरपालिका १५ का ३० बर्षीय कुमोलाल राजवंशी, २४ बर्षीय संजय मुखिया र भद्रपुर नगरपालिका १० का १९ बर्षीय श्रवण मुखिया रहेका छन् । लागुऔषधसहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।