धरान: लियो क्लब अफ धरान बुढासुब्बाकी अध्यक्ष मौसमी कार्कीले शनिबार आफ्नो जन्मदिनको अवसरमा स्टेसनरी वितरण गरेकी छिन् ।

लियो क्लब अफ धरान बुढासुब्बाले धरान ४ स्थित शिक्षा ज्योती आधारभुत विद्यालय बसन्तटारका ८५ जना विद्यार्थीलाई स्टेस्नरी सामाग्री वितरण गरेको हो । धरानकै ग्रामिण क्षेत्र भएकोले उक्त विद्यालयमा थोरै मात्र विद्यार्थीहरु अभिभावकहरुले पठाउने गरेका छन् । विद्यार्थीहरुलाई विद्यालयसम्म ल्याएर पढ्ने वातावरण बनाउने सक्दो कोसिस गरिरहेको प्रअ मेनुका सापकोटाले बताइन् । विद्यालयमा विद्यार्थीलाई किताब बोक्ने ब्यागको आवश्यकता भएको उनको भनाई थिया । 

भविष्यमा पनि लायन्सको तर्फबाट विद्यालयलाई सक्दो सहयोग गर्ने लायन्स क्लब एड्भाईजर विपिन सुब्बाले प्रतिवद्धता जनाए । कार्यक्रमको संयोजन प्रोगाम कोअर्डिनेटर लियो प्रथम अग्रवाल र लियो अहत्सम आलमले गरेका थिए । कार्यक्रममा लायन्स कल्व स्पेशल एड्भाईजर गौरी शंकर अग्रवाल, लायन्स क्लब एड्भाईजर विपिन सुब्बा, विद्यालयकी प्रअ सापकोटा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि राई , समाजसेवी साथै कलाकार दिनेश कोईरालालगायतको उपस्थिति रहेको थियो ।