धरान: धरान जेसीजले बैठक आयोजना सम्बन्धमा संसदीय सभा प्रणाली तालिम आयोजना गरेको छ । 

धरान जेसीज लगायत अन्य शाखाहरुका अध्यक्ष तथा पदाधिकारीलाई उक्त तालिम दिईएको हो ।  नेपाल जेसीज तालिम ईन्स्टिच्युटको सहयोगमा आयोजित तालिमका प्रमुख प्रशिक्षक राजविमल श्रेष्ठ रहेका थिए भने प्रशिक्षकका रुपमा मोहन श्रेष्ठ र गौरव सन्जेल रहेका थिए । बैठक के हो ? र किन गरिन्छ ? बैठक कति प्रकारको हुन्छन् ?लगायत बैठक सञ्चालन गर्ने विधिहरु तथा बैठकमा आवश्यक पर्ने कुराहरुको विषयमा तालिम दिइएको आयोजकले जनाएको छ । तालिमले सहभागीहरुलाई धेरै फाइदा पुगेको उर्लाबारी जेसीजका अध्यक्षका अध्यक्ष अशोक धिमालले बताए । 

4 1

तालिममा बिराटनगर, उर्लाबारी, इटहरी, इटहरी लेडी, दुहबी, झुम्का, धनकुटा लगायतका जेसीजहरुका अध्यक्ष र पदाधिकारीहरु सहभागी थिए । नेपाल जेसीजको क्षेत्रीय तालिम प्रतिष्ठान धरानमा रहेको र धरान जेसीजले हरेक वर्ष यस्ता तालिमहरु आयोजना गर्ने गरेको धरान जेसीजका अध्यक्ष मणिराज अधिकारीले बताए । जेसीजका सदस्यहरुको नेतृत्व र व्यक्तित्व विकासका लागि तालिमका नै उत्तम माध्यम रहेको उनको भनाई छ ।

स्टार पूर्वी होटलमा आयोजित उक्त तालिममा ३२ जना सहभागी रहेका थिए भने औपचारिक कार्यक्रमको सञ्चालन धरान जेसीजका महासचिव कृष्ण के.सी. वर्माले गरेको धरान जेसीजकी तालिम निर्देशक सन्जु राई ९सुमित्रा० ले बताईन्। तालिम निर्देशक राईका अनुसार जेसीजको हरेक बैठक संसदीय सभा प्रणालीमा संचालन गरिने परम्परालाई यस तालिमले अझ निरन्तर लान निकै महत्त्वपूर्ण भुमिका खेल्नेछ । यस्तै, जेसीज बाहेकका सामाजिक, राजनैनिक तथा अन्य संघ संस्थाहरुमा पनि असल बैठक गराउन उक्त तालिमले महत्त्वपूर्ण भुमिका खेल्ने उनले बताइन्।