विराटनगर: झापा, मोरङ र उदयपुरको तीन छुट्टाछुट्टै स्थानबाट मंगलबार दिउँसो ब्राउन सुगरसहित ४ जना पक्राउ परेका छन् । 

झापाको मेचीनगर ६ का २० बर्षीय विवेक नेम्वाङ १ ग्राम ७ सय मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका हुन् । उनलाई पानीटंकीबाट नेपालतर्फ आईरहेको अवस्थामा मेची पुलबाट पक्राउ गरिएको  ईलाका प्रहरी कार्यालय काकँडभिट्टाले जनाएको छ ।

यसैगरी, मोरङ केराबारी १० का २९ बर्षीय रण बहादुर राई १० केजी गाँजासहित पक्राउ परेका छन् । को १९ प ९४२ नम्बरको मोटरसाईकलमा सवार उनलाई चेकजाँच गर्दा बोरामा बाँधेर मोटरसाईकलको पछाडी लुकाएर राखीएको गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 

यस्तै, उदयपुरको कटारी १ बेलसोतबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कटारी ३ का २२ बर्षीय ऐसान खान र सोही स्थानका २० बर्षीय सुमन बोगटी रहेका छन् । उनीहरुलाई लागुऔषध नाइट्राभेट १५ ट्याव्लेट र स्पास्मोप्रोक्सिभन प्लस ७२ ट्याव्लेट सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । पक्राउ परेका चारै जना उपर सम्बन्धीत कार्यालयबाट थप अनुसन्धान भईरहेको छ ।