विराटनगरः प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको पद सुरक्षित भएको छ ।

आज बसेको नेकपा एमालेको संसदीय दलको बैठकमा माधव नेपाल पक्षले अविश्वासको प्रश्ताव फिर्ता लिने सहमती बनेको संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री राईले जानकारी दिए । बैठकमा माधव नेपाल पक्षका प्रदेश सभा सदस्यहरु तुलसी न्यौपाने, लिलाबल्लभ अधिकारी लगायतको उपस्थिति रहेको थियो भने माओवादीबाट भर्खरै एमाले प्रवेश गरेका प्रदेश सभा सदस्य टंक आङ्बुहाङको समेत उपस्थिती रहेको थियो । 

आज बसेको दलको बैठकले दलको विधान समेत पारित गर्दै संसदीय बोर्डको गठन समेत गरेको छ । बैठकको निर्णय बमोजिम ७ दिन भित्र मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रश्तावमा गरहेको हस्ताक्षर फिर्ता नलिए विधान बमोजिम कारवाही गर्ने तयारी रहेको छ । दुई पटक सुचना टाँस गरि अनिश्चित बनेको प्रदेश सभाको बैठक भने अब नियमित हुने एमालेका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले जानकारी दिए ।

गत पुस १२ गते राई विरुद्ध तत्कालिन नेकपाका ६७ मध्ये ३७ सांसदले अविस्वासको प्रस्ताव दर्ता गरेका थिए । उक्त प्रस्ताव फागुन ९ को संसद बैठकमा टेवल भएको थियो । सर्वोच्च अदालतले नेकपा विभाजन भइ एमाले र माओवादी अलग अलग भएको फैसला सुनाएपछि तत्कालिन एमालेबाट उम्मेद्धार बनि विजेता बनेका प्रदेश सभा सदस्यले भने मुख्यमन्त्रीलाई सघाउने भएका हुन् । प्रदेश एकमा एमालका ५१ प्रदेश सभा सदस्य छन् । आज बसेको बैठकमा ३२ जनाको सहभागीता रहेको थियो ।