विराटनगरः भारतसँग सीमा जोडिएको मोरङमा खुलेआम रुपमा दुई देशका नागरिक आवत जावत गरिरहेका छन् । 

भारतमा कोराना संक्रमणको दर दिनदिनै उच्च बनिरहेको बेला विराटनगरको रानी नाकाको मुख्य मार्गमा गेट बन्द भएपनि लुकिछिपी किनमेलका लागि भारतीय बजार जोगवनी गएर फर्किने नेपालीको सख्या उल्लेख्य छ । यता प्रहरी प्रशासनले भने नदेखे झैँ गर्ने गरेको छ । 

मुख्यनाकामा बसेका प्रहरीले भारतीय रेल मार्ग हुँदै नेपाल आएका नागरिकलाई स्वास्थ्य परिक्षरण गरेर मात्र नेपाल भित्रिन आग्रह गर्ने गरेका छन् भने विराटनगर महानगरपालिकाले राखेको हेल्थ डेक्समा स्वास्थ्य जाँच गरेर स्वदेश आउन अनुमति दिने गरिएको स्वास्थ्यकर्मी उषा मेहताले जानकारी दिइन् । तर, लुकिछिपी नेपाल भारत आवत जावत गर्ने नागरिकको ठुलो सँख्याले जुनसुकै बेला जोखिम ल्याउने खतरा छ । 

corona-simanaka

यता मोरङ जिल्ला प्रशासनले भने मुख्य नाकामा स्वास्थ्य परिक्षण गरेर मात्र नेपाल भित्रिने व्यवस्था मिलाए पनि खुल्ला सिमाबाट आवतजावत गर्ने नागरिकका कारण स्वास्थ्य जोखिमको चुनौती बढिरहेको स्वीकारेको छ । प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले तोकिएको रानी नाकाबाट नेपाल आउने नागरिकलाई स्वास्थ्य परिक्षण गर्दै केस हिस्ट्रि समेत राख्ने गरेको भए पनि लुकेर नेपाल आउजाउ गर्ने नागरिककै कारण स्वास्थ्य चुनौती बढिरहेको स्वीकारे । 

मोरङमा ४० हजार व्यक्तिले खोप लगाएका छन् । ५ हजारलाई पुग्ने खोप बाँकि रहेको छ । हाल जिल्लामा सक्रिय ११ जना कोरोना सँक्रमित व्यक्ति भेटिसकिएको प्रमुख जिल्ला अधिकारी निरौलाले जानकारी दिए ।संक्रमितको टाभल हिस्ट् िसँकलन गर्ने काम भइरहेको जिल्ला प्रशासनले जानकारी दिएको छ । तर, खुल्ला नाकाका कारण नेपालमा जुनसुकै बेला सँक्रमितको सँख्या ह्वात्तै बढ्ने देखिएको छ । खुल्ला सीमा नाकामा देखिएको हेलचेक्राइले भोलीका दिनमा जटिल समस्या ननिम्त्याउला भन्न सकिन्छ ।

coronajogmani-nakacorona-sima1