सुनसरी: मोरङको बुढिगंगा गाउँपालिका २ का २४ बर्षीय खगेन्द्र काफ्ले र २७ बर्षीय अर्बिन मगर स्कुटर चोरीको आरोपमा पक्राउ परेका छन् । 
चैत्र ८ गते ईटहरीको धरान लाईनमा पार्किङ गरि राखेको को ३७ प ८१०५ नम्बरको स्कुटर चोरी भएको थियो । घटनाबारे जानकारी पाएपछि खोजतलासमा खटिएको प्रहरी टोलीले चोरी भएको स्कुटर सहित दुबै जनालाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 
                    
		
                                        
                                                                                                
		


		
		
		
		



