उदयपुर: उदयपुरको चौदण्डीगढी नगरपालिका ६ बाट लागुऔषधसहित ३ जना पक्राउ परेका छन् ।
ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले बुधवार दिउँसो स्थानीय २५ बर्षीय प्रभात मगर, ३२ बर्षीय सुरज राई र ३० बर्षीय सुमन राईलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट लुपिजेसिक २७ एम्पुल ,फेनारगन २७ एम्पुल, डाईजेपाम २७ एम्पुल र ५० ग्राम गाँजा वरामद भएको प्रहरीले जनाएको छ ।