सुनसरी: इटहरीमा भूमी सम्वन्धी समस्या समाधानका लागि अन्तरक्रिया गरिएको छ ।
इटहरी उपमहानरको आयोजनामा भूमी सम्वन्धी समस्या समाधानमा स्थानीय तहको भूमिका बिषयक अन्तरक्रिया गरिएको हो । इटहरीका सबै जनप्रतिनिधि, वडा सचिवहरु र राजनीतिक दलका प्रतिनिधिहरु अन्तरक्रियामा सहभागी रहेका थिए । कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद सर्वध्वज साँवाले स्थानीय सरकारको काँधमा भूमी सम्बन्धी समस्या समाधान गर्ने ऐतिहासिक जिम्मेवारी आएको बताए । उनले दु्रत गतिमा काम अघि बढाउनुपर्नेमा जोडदिए ।
इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले भूमी सम्बन्धी समस्या समाधान गरेर सुकुम्बासी विहिन नगर बनाउने सपना साकार बनाउने अवसरलाई सदुपयोग गर्ने बताए । उनले गलत ब्यक्तिले फाइदा नउठाउन भनेर सजग रहनुपर्ने बताए । उपप्रमुख लक्ष्मी गौतमले अन्तरक्रियाको उद्देश्यमाथि प्रष्ट पारिन् । उनले इटहरी उपमहानगरका प्रमुखको संयोजकत्वमा भूमि सम्वन्धी समस्या समाधान मूल समिति र वडाहरुमा वडाध्यक्षको संयोजकत्वमा वडास्तरीय सहजिकरण समिति गठन गरिएको जानकारी दिइन् ।
कार्यक्रममा भूमी सम्बन्धी समस्या समाधान आयोगका केन्द्रीय सदस्य गोपाल गुरागाईले आयोग गठनको उद्देश्य र संवैधानिक कानुनी प्रबन्ध र स्थानीय निकायको दायित्वका बारेमा प्रष्ट पारेका थिए । भूमी सम्वन्धी समस्या समाधान आयोग सुनसरीका अध्यक्ष खेमराज पोखरेलले भूमिहिन दलित, भूमिहिन सुकुम्वासी र अब्यवस्थित बसोबासी प्रमाणिकरणका आधारहरुका बारेमा जानकारी गराए । यसैगरि भूमी सम्बन्धी समस्या समाधान आयोग मोरगका अध्यक्ष डिपि साम्पाडले भूमिहिन दलित, भूमिहिन सुकुम्वासी र अब्यवस्थित वसोवासीको लगत संकलन सम्वन्धी कार्यविधिका वारेमा प्रष्ट पारे । भूमी सम्वन्धी समस्या समाधान आयोग सुनसरीका सदस्य सूर्य राईले सुनसरीमा आयोगले गरिरहेका कार्यका बारेमा जानकारी गराए ।