ताप्लेजुङ: ताप्लेजुङ मिक्वाखोला १, सिम्लेका २८ बर्षीय मन कुमार तामाङको रुखले किची मृत्यु भएको छ । 
आज बिहान ७ बजे कात्तिके सामुदायिक जंगलमा दाउरा काट्न चिलाउनेको रूख काटेर ढाल्ने क्रममा रुखले किचेर तामाङ घाइते भएका थिए । घाईते भएका तामाङको जिल्ला अस्पताल ताप्लेजुङमा उपचारको क्रममा दिउसो साढे १२ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
                    
		
                                        
                                                                                                
		


		
		
		
		



