ताप्लेजुङ: ताप्लेजुङ पाथिभरा याङबरक गाउँपालिका ४ डुम्रिसेस्थित थुम्बेदिन डुम्रिसे सडक खण्डमा भएको ट्रिफर दुर्घटनाबाट १ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् ।
हिजो सोमबार राती १० बजे प्रदेश ३-०१-०५ ख ९२७१ नम्बरको बालुवा लोड भएको ट्रिफर बाटो मोड्ने क्रममा सडकबाट अन्दाजी २०/२५ मिटर तल खसेको थियो । उक्त दुर्घटनामा ट्रिफर चालक सिन्धुली कमलमाई ४ का २४ बर्षीय याम कुमार बिक, सहचालक लमजुङ दोर्दि ६ किर्ती गाँउका १८ बर्षीय कृष्ण बिक र ताप्लेजुङ पाथिभरा याङबरक २ थेचम्बुका २० बर्षीय मन्दिप लिम्बु घाईते भएका थिए ।
घाईते मध्ये कृष्ण बिकको उपचारको लागी जिल्ला अस्पताल ताप्लेजुङ ल्याउने क्रममा राती ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य २ जना घाईतेको बिएण्डसि अस्पताल बिर्तामोडमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।