धरान: धरान उपमहानगरपालिका अन्तर्गतको वडा नं १३ मा नवनिर्मित आधारभुत स्वास्थ्य सेवा केन्द्र उद्घाटन भएको छ । 

धरान वडा नं १३ को कार्यालय परिसरमा बुधबार केन्द्रको उद्घाटन भएको हो। एक समारोहबीच प्रदेश नम्बर १ का सभामुख एवं प्रमुख अतिथि प्रदीपकुमार भण्डारीले  उक्त भवनको उद्घाटन गरेका थिए । यो भवन २९ लाख लागतमा निर्माण गरिएको हो । प्रमुख अतिथि एवं सभामुख भण्डारीले वडाको विकासमा १३ नम्बर वडाका जनप्रतिनिधिले उल्लेखनीय कार्य गरेको बताए । उनले वडामा भौतिक विकास पनि क्रमशः भइरहेको र हरेक कुरामा अग्रणी भुमिका निर्वाह गरेको बताए । यो वडा धरानकै पहिलो बालमैत्री र आधारभुत स्वास्थ्य चैकी स्थापना गर्ने वडा भएको उल्लेख गर्दै सभामुखले आफ्नो तर्फबाट गर्न सक्ने सबै किसिमको सहयोग गर्ने प्रतिबद्धता पनि जनाए । wada13.

कार्यक्रममा विशेष अतिथि एवं धरान उपमहानगरकी उपप्रमुख मन्जु भण्डारी सुबेदीले १३ नम्बर वडाले भवनहरु सबैभन्दा अगाडि बनाएर नमुना कार्य गरेको बताइन् । वडा १३ ले ज्येष्ठ नागरिक र बालबालिकाको लागि समेत भवन निर्माण गरेर वडाबासीलाई स्थानीय सरकार भएको महशुस गराएको पनि उपप्रमुख भण्डारीले बताइन् । कार्यक्रममा स्वस्थ्य सेवा बिस्तार र असाहय कोषको लागि वडाका विभिन्न ब्यक्तिले अक्षय कोषको समेत स्थपना गरेका छन् । उक्त अक्षयकोष र स्वास्थ चौकीलाई सहयोग गर्ने ब्यक्तिहरुलाई कार्यक्रममा सम्मान समेत गरिएको थियो ।

वडा कार्यालयका अनुसार हरिबहादुर कार्की, पुर्ण राई, कमलबहादुर राई, पुरन थापा, गणेश खड्का, कमलेश्वरी राई, वान हार्ट वल्ड वाईट र बिजयपुर हस्पिटल प्रालीलाई सम्मान गरिएको थियो । बिजयपुर हस्पिटलको प्राविधिक सहयोगमा वडामा रहेका ज्येष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण पनि गरिएको वडा अध्यक्ष नेत्रप्रसाद काफ्लेले जानकारी दिए । wada13, 1