धरान: प्रहरीले धरानबाट लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । 

धरान १५ स्थित गणतन्त्र चोकका ३० बर्षीय दुर्गाबहादुर राईलाई लागुऔषधसहित प्रहरीले पक्राउ गरेको हो । प्रहरीले राईको कोठा खानतलासी गर्दा टेबुलमा कम्मरमा भिर्ने झोलाभित्र लुकाई राखेको अवस्थामा एभिल ६ एम्पुल, डाइजिल्याब ६ एम्पुल, लुपिजेसिक ६ एम्पुल वरामद गरेको थियो । यस्तै, ५ एमल दरका ५ थान सिरिञ्ज पनि वरामद गरेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । उनलाई पक्राउ गरेर लागुऔषध मुद्दामा अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।