धरान: नेपाल पत्रकार महासंघ, १ नम्बर प्रदेश समितिको हुन लागेको निर्वाचनको लागि बिहिबार उम्मेदवारी दर्ता भएको छ । 

यही चैत २५ गते हुने निर्वाचनको लागि विभिन्न २१ पदमा ५६ जनाको उम्मेदवारी दर्ता भएको हो । निर्वाचन समितिका अनुसार अध्यक्ष पदमा ३ जनाको उम्मेदवारी दर्ता भएको छ । अध्यक्षमा प्रेस चौतारीसहितको गठबन्धनबाट मोहन काजी, प्रेस युनियन र प्रेस सेन्टरको गठबन्धनबाट लीलाबल्लभ घिमिरले उम्मेदवारी दर्ता गराएका छन् भने प्रेस युनियनको सोमनाथ सुसेलीले अध्यक्षमा बागी उम्मेदवारी दर्ता गरेका छन् । 

यस्तै, खुल्ला उपाध्यक्ष पदमा प्रेस चौतारीसहितको गठबन्धनबाट सुनसरी धरानका रोहितकुमार राईले उम्मेदवारी दिएका छन् भने प्रेस युनियन र प्रेस सेन्टरको गठबन्धनबाट पाँचथरका लवदेव ढुंगानाले उम्मेदवारी दिएका छन् । यस्तै, प्रेस सेन्टरबाट अर्जुन जम्नेली राईले पनि बागी उम्मेदवारी दर्ता गराएका छन् । महिला उपाध्यक्षमा प्रेस चौतारी गठबन्धनबाट कोकिला ढकाल र प्रेस युनियनबाट हिमाकुमारी चेम्जोङको उम्मेदवारी दर्ता भएको छ । यसैगरि, महासचिवमा प्रेस चौतारी गठबन्धनबाट फिपराज बेघा लिम्बू र प्रेस युनियन गठबन्धनबाट विवेक गौतमको उम्मेदवारी दर्ता भएको छ । प्रेस युनियन गठबन्धनबाट नै बन्धु पोखरेल र श्रीशिशा राई (श्रीप्रसाद)ले पनि बागी उम्मेदवारी दिएका छन् । 

ele

खुल्लातर्फको सचिवमा अबिजाल बिष्ट, कौशल निरौला, देवेन्द्र कार्की र भक्तशेर लिम्बूले उम्मेदवारी दिएका छन् । यसगरि, समावेशी सचिवमा सन्तवीर लामा र सन्तोष यादवको उम्मेदवारी परेको छ । कोषाध्यक्षमा सन्तोष रुचाल, गणेश साम्पाङ र विमल लामिछाने ‘बुद्धि’ ले उम्मेदवारी दिएका छन् । पाँच जना खुल्ला सदस्यको पदमा १४ जनाले उम्मेदवारी दिएका छन् । खुल्ला सदस्यहरूमा कमल रिमाल, टीकाराम उप्रेती, केशरबहादुर चौहान, केशव भट्टराई, गोपाल प्रसाद पोखरेल, तेजेन्द्र भण्डारी, तोयानाथ भट्टराई, ध्रुव भट्टराई, मिनराज (प्रवास) उप्रेती, युवराज विवश, लिलाराज झापाली, सत्यनारायण शर्मा, सुमन गुरागाईं र सुरेन्द्र भण्डारीको उम्मेदवारी परेको छ । 

यसैगरि, ३ जना महिला सदस्यको पदमा शुभद्रा प्याकुरेल, विनादेवी तामाङ, देविका चाम्लिङ राई, विनु तिम्सिना, माला पालुङ, सुमित्रा कोइराला र सुशीला पाठक गरि ७ जनाको उम्मेदवारी परेको छ । दलित सदस्यमा रणध्वज लोहार र पिबी दियालीले उम्मेदवारी दिएका छन् भने आदिवासी जनजाति सदस्यमा उपेन्द्र चाम्लिङ, दिलकुमार लावती, विष्णु सुब्बा र यमनकुमार दनुवारको उम्मेदवारी परेको छ । 

दुई जना मधेशी सदस्यको पदमा सूर्यनारायण यादव, चन्दनकुमार रौनियार, प्रमोदकुमार यादव, फुलचन्द मेहता, ब्रम्हदेव यादवको उम्मेदवारी परेको छ । अल्पसंख्यक सदस्यमा विजय धिमाल, तावील अन्सारी र लीलाबहादुर सुनुवारको उम्मेदवारी परेको छ । उम्मेदवारी दर्ता पछि निर्वाचन समितिले बिहिबार नै उम्मेदवारको नामावली प्रकाशन गरेको छ भने शुक्रबार साँझ ५ बजेसम्म दाबी विरोध तथा उम्मेदवारी फिर्ताको समय तोकिएको छ । साँझ ६ बजे उम्मेदवारको अन्तिम सुची प्रकाशित गर्ने पनि समितिको भनाई छ ।