धरान: पेट्रोलियम डिलर्स एशोसिएनमा धरानका व्यवसायी गोपाल श्रेष्ठले उम्मेदवारी दिएका छन् । 
एशोसिएशनको चैत २१ गते काठमाण्डौंमा हुने एशोसिएशनको राष्ट्रिय अधिवेशनबाट श्रेष्ठले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन् । श्रेष्ठ सुनसरी उद्योग वाणिज्य संघमा पनि हाल कोषाध्यक्ष पदमा रहेका छन् । श्रेष्ठले कोशी पेट्रोलियम डिलर्स एशोसिएशनकोतर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन् ।
                    
		
                                        
                                                                                                
		


		
		
		
		



