धरान: प्रहरीले हिजो आइतबार धरान ८ बाट लागुऔषधसहित एक युवालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा धरान ८ भोटेपुलका २७ बर्षीय सविन नेपाली रहेका छन् । उनको कोठामा रहेको पलङको घर्राभित्र लुकाई राखेको सिल प्याक ६ बोतल डाइलक्स डिसि र स्पास्मो प्रोक्सिभन प्लस वरामद भएको छ । ईलाका प्रहरी कार्यालय धरानका अनुसार ३ सय ३६ क्याप्सुल स्पास्मो प्रोक्सिभन वरामद भएको हो । उनलाई लागुऔषध मुद्दामा म्याद थप गरि अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।