सुनसरी: ईटहरीको विभिन्न स्थानमा श्रृङखलाबद्ध रुपमा चोरी गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय ईटहरीका अनुसार पक्राउ पर्नेमा झापाको दमक नगरपालिका १२ घर भई मोरङको केरावारी गाउँपालिका ९ मा डेरा गरी बस्ने ३० बर्षीय बिजु मोते रहेका छन् । केही महिनादेखि ईटहरी क्षेत्रमा दिनदहाडै चोरीको घटना भइरहेको थियो । प्रहरीमा चोरीको घटनाको उजुरी अत्यधिक आउन थालेपछि प्रहरी अनुसन्धान र खोजीमा जुटेको थियो ।
सोही क्रममा प्रहरीले बिभिन्न स्थानहरुमा रहेको सिसिटिभि फुटेजको आधारमा अनुसन्धान गरेर चोरीमा संग्लग्न रहेका मोतेलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार उनलाई मंगलवार राती साँढे ८ बजे ईटहरीबाट पक्राउ गरेको हो । पक्राउ परेका मोतेको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।