विराटनगर: हिजो बिहीबार बेलुका बर्षासँगै परेको चट्याङले ३ जना घाईते भएका छन् ।
घाइते हुनेमा संखुवासभा मकालु ५ नुम बजार २३ बर्षीय लिला बहादुर दर्जी रहेका छन् । उनी आफ्नै घरमा बसी रहेको अवस्थामा चट्याङमा परी घाईते भएको प्रहरीले जनाएको छ । हाल उनको प्राथमिक स्वास्थ्य केन्द्र नुममा उपचार भईरहेको जनाएको छ ।
त्यस्तै सुनसरी भोक्राहा नरसिंह उल्टीका १७ बर्षीया सलिना खातुन पनि घाइते भएकी छिन् । उनी आफ्नै घरमा बसी रहेको अवस्थामा चट्याङमा परी घाईते भएकी हुन् । उनको जिल्ला अस्पताल ईनरुवामा उपचार भईरहेको छ । ओखलढुंगा सिद्धिचरण ६ की १५ बर्षीया रश्मिता मगर पनि घर भित्रै रहेको बेला चट्याङमा परी घाईते भएकी छिन् । उनको मिशन अस्पताल ओखलढुंगामा उपचार भईरहेको छ ।