मोरङ: विराटनगर महानगरपालिका १५ हुलास चोकबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन् । 
पक्राउ पर्नेमा पथरी शनिश्चरे ९ का २२ बर्षीय कुसुवार माझी रहेका छन् । उनलाई आज शनिबार बेलुका ५ बजे पक्राउ गरिएको १ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ । उनलाई लागूऔषध नाईट्राभेट १२१ चक्कीसहित नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।
                    
		
                                        
                                                                                                
		


		
		
		
		



