विराटनगर: खोटाङ र संखुवासभामा भएको आगोलागीबाट लाखौको क्षेती भएको छ । 
सोमबार दिउसो २ बजे संखुवासभा धर्मदेबी ६ हुङबुङ का नर बहादुर थायुम राईको घरबाट सल्केको आगोले सलमान जिमीको घर र ईन्द्र बहादुर जिमीको कटेरो समेतमा आगोलागी भएको थियो । उक्त आगोबाट ३ वटा घर तथा घर भित्र रहेका सरसामानहरु, बाख्रा ८ वटा, सुगुर १ गरी अन्दाजी ३५ लाख २९ हजार बराबरको क्षेती भएको छ । आगोलागीको कारण भने खुल्न सकेको छैन । 
उक्त आगो प्रहरी र स्थानीयको सहयोगमा बेलुका ६ बजे पुर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । त्यस्तै आज बिहान साढे ४ बजे खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ स्थितमा रहेको हर्क राज राईले संचालन गरेको गणेश फर्निचर उद्योगमा विद्दुतको तार सर्ट भई आगलागी हुँदा फर्निचरका सामानहरु, जेनेरेटर सहित अन्य सरसामान गरी अन्दाजी ५० लाख ८६ हजार बराबरको क्षति भएको छ ।
सो आगो दम्कल, प्रहरी, सेना र स्थानियको सहयोगमा बिहान साढे ५ बजे नियन्त्रणमा आएको छ भने गत राती सभा २ बजे दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ९ ज्यामिरे का कुलमान चुहानको घर र गोठ गुवालीमा आगोलागी हुँदा घर, गोठ सहित चौपायमा भेडा २, बाख्रा ८ वटा, खसी ४ वटा, पाठा ६ वटा, पाठी २ वटा, कुखुरा ११ वटा जलि मरेका छन् । उक्त आगो प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
                    
		
                                        
                                                                                                
		


		
		
		
		



