मोरङ: मोरङको कानेपोखरी ७ बाट लागुऔषधसहित ३ जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा रंगेली ६ का १९ बर्षीय अभिशेक कुमार मण्डल, सुन्दरहरैचा ७ का १९ बर्षीय सुवाष तामाङ र उर्लाबारी ६ का २८ बर्षीय अनमोल घिमिरे रहेका छन् । हिजो मंगलबार दिउँसो साढे ३ बजे को २ ह ३३९६ नम्बरको अटोमा आईरहेका उनीहरुलाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा लागुऔषध फेला परेको थियो ।

उनीहरुले अटोको सिट मुनि लुकाई राखेको ५८८ चक्की नाईट्राभेट लागुऔषध फेला परेको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । पक्राउ परेका मध्ये मण्डल अटो चालक रहेको र उनको समेत संलग्नता रहेको खुल्न आएको छ भने अन्य थप अनुसन्धान समेत भईरहेको उक्त कार्यालयले जनाएको छ ।