धरान: नेपाल सरकारले सिरुवा पावनी पर्वको अवसरमा आज तराईका पाँच जिल्लामा सार्वजनिक विदा दिएको छ ।
सरकारले झापा, मोरङ, सुनसरी, सिराहा र सप्तरी जिल्लामा सार्वजनिक विदा दिएको हो । सरकारले सार्वजनिक विदा दिने निर्णय गरेपछि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले पनि आज विदा दिने निर्णय गरेको जनाएको छ । प्रतिष्ठानको कर्मचारी प्रशासन शाखा प्रमुख उमेश कोइरालाले सुचना जारी गर्दै ओपिडी प्रशासनिक तथा शैक्षिक कार्यक्रमहरु बन्द रहेको जनाएका छन् । यद्यपी, अस्पतालको अन्तरंग(वार्ड) सेवा, आकस्मिक तथा परीक्षाको पुर्वनिर्धारित कार्यक्रम भने सुचारु हुने पनि उनले जानकारी दिएका छन् ।