सुनसरी: सुनसरीको बराहक्षेत्र नगरपालिका ४ धनपुरी नयाँ पुलका ५७ बर्षीय राजन कार्कीको बसको ठक्करबाट मृत्यु भएको छ । 
आज दिउसो पौने १ बजे सोही स्थानमा चतराबाट झुम्कातर्फ गईरहेको ना ६ ख ७१४० नम्बरको बसले ठक्कर दिँदा कार्कीको घटनास्थलमानै मृत्यु भएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीले जनाएको छ। बस र चालक बराहक्षेत्र ५ का ४६ बर्षीय गोपाल गौतम नियन्त्रणमा रहेको सो कार्यालय जनाएको छ ।
                    
		
                                        
                                                                                                
		


		
		
		
		



