उदयपुर: उदयपुरको बेलका नगरपालिका १ आम्बासीमा रहेको एक पोलिक्लिनिकका सञ्चालक लागुऔषध र प्रतिबन्धित औषधीसहित पक्राउ परेका छन् । 

बेलका मेडिकल पोलिक्लिनिक प्रालिका संचालक २६ बर्षीय सुवोध यादवलाई प्रहरीले पक्राउ गरेको हो । उनको खास घर सप्तरी चिरहुत गाउँपालिका २ मैनाकडेरी हो । यादवले पोलिक्लिनिकबाट नै लागुऔषधको कारोबार गर्ने गरेको प्रहरीको भनाई छ । उनलाई बिषेश सुचनाको आधारमा प्रहरीले शुक्रबार राती ११ बजे क्लिनिकबाट पक्राउ गरेको जनाएको छ ।

क्लिनिकमा खानतलासी गर्दा TRAMADOl HYDROCLALORIDE-१९८ ट्याब्लेट, DICYCLOMINE HYDROCLALORIDE-५१५ ट्याब्लेट, KOFTAB-D-३०५ ट्याब्लेट, TRAMADOl HYDROCLALORIDE OPIDOL-१५०२ ट्याब्लेट, PREGOUT KIT-१० ट्याब्लेट, SILDENAFIL-४ ट्याब्लेट, ZUNUGRA  RED-१२ ट्याब्लेट वरामद भएको प्रहरीले जनाएको छ । यस्तै, नगद  १ लाख १७ हजार पनि वरामद गरिएको ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले जनाएको छ । पक्राउ परेका यादवबारे थप अनुसन्धान भईरहेको सो कार्यालयले जनाएको छ ।