उदयपुर: उदयपुरको त्रियुगा नगरपालिका १ जोगीदह की ४५ बर्षीया सारदा चौधरीको ट्याक्टरको ट्रलीबाट झरी मृत्यु भएको छ । 
शुक्रबार बिहान साढे १० बजे उनी जंगलबाट घासँ काटी आउदै गर्दा प्रदेश २(०१(००१त ००८१ नम्बरको ट्याक्टरको पछाडी डालामा बसेर आउदै थिइन् । सोही ट्याक्टरको ट्रलीबाट लडेर उनी गम्भिर घाईते भएकी थिइन् । उनको उपचारको लागी विराटनगर तर्फ लैजादै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
                    
		
                                        
                                                                                                
		


		
		
		
		



