धरान: धरानको विभिन्न ४ स्थानमा नेवा: भाषा तालिम शुरु भएको छ । 

नेवाः देय् दवू धरानको आयोजना, धरान उपमहानगरपालिकाको सहयोग र शाक्य कल्याण संस्थाको व्यवस्थापनमा तालिम शुरु भएको हो। शनिबार धरान १२ स्थित स्वयम्भू चैत्य महाविहारमा आयोजित कार्यक्रममा वडाका कार्यवाहक अध्यक्ष एवं प्रमुख अतिथि ब्रह्मज्ञ भट्टराईले तालिमको उद्घाटन गरेका थिए । नेवाः थपु गुठी धरान ८, झीगु समाज, धरान ७, शाक्य कल्याण संस्था धरान १२ र सिद्धि नेवाः परिषद धरान ७ मा एकै चोटी भाषा कक्षा संचालन भैरहेको आयोजक दबुका अध्यक्ष मनोहर शाक्यले जानकारी दिए । नेवाः भाषा प्रशिक्षककोरुपमा काठमाण्डौंबाट निरोज मर्हजन र स्थानीय प्रशिक्षकमा लक्ष्मी शाक्य रहेका छन् ।

नेपाललाई संयूक्त राष्ट्र संघमा दर्ता गर्ने क्रममा नेवाः लिपी रञ्जना लिपिलाई दर्ता गरिएको स्मगरण गराउदै नेवाः भाषा राष्ट्रको गौरव भएको नेवाः भाषा प्रशिक्षक महर्जनले बताए । नेवाः भाषा कक्षा दैनिक बेलुकी २ बजे देखि ४ बजे सम्म संचालन हुने १ महिना संचालन हुने शाक्य कल्याण संस्थाका अध्यक्ष अमृत शाक्यले जानकारी दिए । कार्यक्रममा नेवाः भाषा प्रशिक्षणका विषयमा शाक्य कल्याण शाक्यका सचिव विकास कुमार गुभाजु, शाक्य, सिद्धि नेवाः परिषद्का अध्यक्ष गोकुल प्रसाद श्रेष्ठ, सुनचाँदी व्यवसायि संघका केन्द्रिय उपाध्यक्ष मोहन काजी शाक्य, आदीबासी जनजाती विकास समितिका सदस्य अनुप देवाल लगायतले पनि मन्तव्य राखेका थिए । कार्यक्रममा तालिमका सहभागी विभिन्न खलःपुच तथा संघ संस्थाका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।