मोरङ: मोरङ बुढिगंगा गाउँपालिका ४ नेमुवा चौकस्थित कोशी राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । 
आज बिहान सवा १० बजे उत्तर जादै गरेको ना ६ ख ३०४० नम्बरको ट्रकले को ९ प २६८१ नम्बरको मोटरसाईकललाई ओभरटेक गर्ने क्रममा ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट मोटरसाईकल चालक बिराटनगर १४ जतुवाका ४५ बर्षीय अन्जनि सिंह गम्भिर घाईते भएका थिए ।
घाईते सिंहको बिराट मेडिकल कलेज गंगाचौकमा उपचारको क्रममा पौने ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ट्रक र चालक बारा निजगढ कोल्बी नगरपालिका २ का ३२ बर्षीय भिम बहादुर बिक प्रहरीको नियन्त्रणमा रहेको छ ।
                    
		
                                        
                                                                                                
		


		
		
		
		



