धरान: सुनसरीको कोशी गाउँपालिका ४ स्थित जुद्धगंजबाट कटुवा पेस्तोलसहित १ जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा सप्तरी कन्चनरुप नगरपालिका १ का २४ बर्षीय जमाल भन्ने तालिम मन्सुरी रहेका छन् । उनलाई गए राती साढे ९ बजे अस्थाई प्रहरी पोष्ट शिवचौकबाट खटिएको प्रहरी टोलीले १ थान कटुवा पेस्तोल र २ राउण्ड गोली सहित पक्राउ गरेको हो । 

मन्सुरी रोजा पर्व मनाउन ससुराली घर जुद्धगंजमा आएका थिए । बिशेष सुराकको आधारमा पक्राउ गरेर खानतलासी गर्ने क्रममा हतियार र गोली फेला पारेको प्रहरीले जनाएको छ । वरामद गरिएको हतियारसहित उनीबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।