विराटनगर: जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु दरवन्दीका प्रहरी निरीक्षक मन्दिप चौहान चैत महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।

अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्‍याउनुको साथै विश्वबाट नै लोपोन्मुख वन्यजन्तु “रेड पाण्डा” को चोरी शिकारी तथा अबैध कारोवार गर्नेहरुलाई पक्राउ गरि कानूनी कारवाहीको दायरामा ल्याउन महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै चौहान सर्वोत्कृष्ट प्रहरी घोषित भएका हुन् । 

प्रहरीहरुको मनोवल उच्च बनाउने तथा कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रदेश भरिका प्रहरीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ। सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको बिवरण सहितको फ्लेक्स प्रिण्ट गरेर १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा निर्माण गरिएको स्तम्भ तथा प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय ‘क’ स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिना सम्म राखिने गरिएको छ ।