धरान: आज बिहान सुनसरी र झापामा अलग अलग दुर्घटनामा दुई जनाले ज्यान गुमाएका छन् । 

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार दुहबी नगरपालिका २ स्थित प्रिमियम स्टिल फ्याक्ट्रीमा काम गर्ने कामदारको फलामले किचेर मृत्यु भएको हो । बिहान ६ बजे फ्याक्ट्रीका कामदार सप्तरी छिन्नमस्ता २ का ४० बर्षीय दिपेन्द्र यादबले फलाम पल्टाउँदा सोही फलामले किचेर घाईते भएका थिए । उनलाई उपचारको लागी न्युरो अस्पताल विराटनगरमा लगिए पनि उपचारको क्रममा मृत्यु भईसकेको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।  

यस्तै, झापाको मेचीनगर नगरपालिका ७ स्थित पुर्व पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट एक साईकल यात्रीको मृत्यु भएको छ । बिहान साढे ९ बजे पुर्व  जादै गरेको ध्द्यठघद्यघघद्दद्ध नम्बरको ईन्डियन ट्रकले साईकललाई ठक्कर दिएको थियो । ठक्करबाट साईकल यात्री मेचीनगर नगरपालिका ८ जोर सिमल का ३० बर्षीय मनोज मेचे गम्भिर घाईते भएका थिए । उनको बिएण्डसि अस्पतालमा उपचारको क्रममा बिहान सँवा १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ट्रक नियन्त्रणमा रहेको र चालक फरार रहेकोले खोजतालस भईरहेको सो कार्यालयले जनाएको छ ।