धरान: कोरोना संक्रमणको दर फेरि बढ्दै गएपछि संक्रमणको जोखिम न्युनीकरण गर्न सुनसरीमा डिसिसिएमसि बैठकले सहरी क्षेत्रका विद्यालय बन्द गर्न पालिकाहरुलाई आग्रह गर्ने निर्णय गरेको छ । 

सोमबार प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । सोमबार नै मन्त्रीपरिषद बैठकले पनि प्रमुख सहरी क्षेत्रहरुमा विद्यालय बन्द गर्ने निर्णय गरिसकेको छ । डिसिसिएमसि बैठकले स्वास्थ्य, सुरक्षालगायतका अत्यावश्यक सेवाका कर्मचारीलाई लामो विदा नदिने व्यवस्था गर्ने पनि निर्णय गरेको छ । यसैगरि विवाह, पार्टी, सभा सम्मेलनम २५ जना भन्दा बढी सहभागी हुन नदिन तथा त्यस्ता कार्यक्रमहरुमा कोभिड १९ को रोकथामको लागि न्युनतम स्वास्थ्य मापदण्ड कायम गराउन अनुरोध गर्ने पनि निर्णय गरेको छ । 

यस्तै, भारतबाट लुकीछिपी जिल्ला भित्रिने अवस्थामा रोक लगाउने तथा जिल्ला भित्रिएक व्यक्तिको विवरण सम्बन्धित वडाले लिई पालिकामा जानकारी गराउन अनुरोध गर्ने पनि निर्णय भएको छ । विगतमा सञ्चालन भएको आइसोलेसन सेन्टर र क्वारेन्टाइनहरुलाई व्यवस्थित गरी प्रयोग गर्न सकिने अवस्थामा ल्याउन पालिकाहरुलाई अनुरोध गर्ने पनि निर्णय गरिएको छ । 

dccmc 1