धरान: मोरङको बिराटनगर ४  कञ्चनबारीबाट प्रहरीले धरानका एक युवालाई लागुऔषधसहित पक्राउ गरेको छ । 
धरान ८ का ३२ बर्षीय दिपेन तामाङलाई लागूऔषधसहित हिजो सोमबार पक्राउ गरेको हो । दिउँसो साढे २ बजे उनलाई लुपिजेसिक ३४ एम्पुल र डाइजापाम ८६ एम्पुल सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
                    
		
                                        
                                                                                                
		


		
		
		
		



